मेरा गीत/गजलहरू

 १.  गजल

बैगुनी यो दुनियाँमा गुनको के कुरा
अँध्यारोमै रम्नेसंग जूनको के कुरा

गाउंदेखि  सहरसम्म सबै बिरानी छ
लुटी खाने मात्र देक्छु कुनको के कुरा

आफन्तीले पनि  यहाँ  लखेटेर खेद्छ
आफ्नै शरीर आफ्नै नसा खुनको के कुरा

मानवता रीतिथिति संस्कृति केही छैन
सारंगीमा  निदाएको  धूनको के कुरा

मेरो बस्ती भीर पाखा  सुनाखरी सून्य
पित्तल प्यारो ठान्छन् सबै सूनको के कुरा ||

kfm spandan 063/9/11

  २. गजल

अनायसै टक्क रोकियो जिन्दगी
छचल्किई  कतै पोखियो जिन्दगी

न कतै छ खुसी न कतै छ हाँसो
जली खागखाग भो की यो जिन्दगी

खालि रिक्त छाती खालि आँसु पीडाको
कतै सुन्य रात  हो की यो  जिन्दगी

संधै  बांडनु मात्र  रहेछ  सित्तैमा
सयौ चोटी आफ्नै सोचियो जिन्दगी

न भन्न सक्छु न भन्छौ तिमीले
सुन चाँदी हो या मोटी हो जिंदगी |

३ . गजल

कैलेकहीं त अफना कुरा बताउन  गौरी
मलाई पनि एक दुई चोटी सताउन गौरी

संधैभरी हिस्सी मुहार  लगाएर हेर्छौ
रिसाउंदा कस्ति हुन्छौ रिसाउन गौरी

निहूँ खोग्नु , घुर्क्याउनु , नाबोल्दिनु बरु
सहिरहने तिम्रो बानी  घटाउन गौरी

भरको सबै दिनु भन्छौ एकै चोटी
अली अली गर्दै माया खटाउन  गौरी

तिम्ले पनि बोले हुन्छ भने हुन्छ तिम्ले
खपिरहने तिम्रो बानी हटाउन  गौरी ||

४. गजल

मैले रोए मेरो पीडा गीत भन्छौ तिमी
मैले हारे तिम्रो जिद्दी जीत भन्छौ तिमी

संधै तिम्रो प्यार सम्झी जली रुंदा पनि
स्वर्थिले त आफ्नै हेर्छ हीत भन्छौ तिमी

यता रात हुंदा उता दिन खुल्छ रे तिम्रो
के हो ? भन्दा नियतीको रीत भन्छौ तिमी

आफै माया मारी जान्छौ आफै पराई बन्छौ
बुझ्नै कठिन निष्ठुरीको प्रीत भन्छौ तिमी

निषा ओढी उदाशी भै झोक्रिएर संधै
रात भर रात रुन्छ शीत भन्छौ तिमी ||                     

 kfm spandan 063/9/11

 

गाऊंमा केको सहर हुन्थ्यो कथामा केको बहर हुन्थ्यो
कसले भन्यो तिमीलाई त्यस्तो अमृतमा केको जहर हुन्थ्यो

हल्लै हल्लामा डराएर के के सोच्न सक्छौ तिमी
बोल जोसँग हांस जोसँग  मलाई केको असर हुन्थ्यो

ढाट्नु  तिमीलाई केको लागि नढाट है भन्छौ किन
साँच्चै  साँच्चै धरो धर्मं मनमा केको कसर हुन्थ्यो

मेरो बिस्वास मेरो प्रेम मेरो जीवन प्राण तिमी 
तिमीसंगै  फेरी मलाई किन त्यस्तो डर हुन्थ्यो
                     

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.