मेरो बारे

चूडामणि भट्टराई (मणि)

नेपाल : पाँचथर (अमरपुर) , मेची
हाल : अमेरिका (अलबामा)
शिक्षा : स्नातकोत्तर ( अपूर्ण )
रूचि : भ्रमण, अध्यायन, चिन्तन मनन, सिर्जना

ईमेल: cmanig@gmail.com

मोबाइल:  +1-256-479-7635

 

 

 

यो साईट हेरिने संसारभरीका मुलुक र ठाऊँहरु |

Locations of visitors to this page

sign

DO YOU BELIEVE IN HOROSCOPE ?

 IF  YOU DO……..

    सबैलाई राम्रै त राम्रो लाग्छ नि हैन ?  

  मेष राशी
(
चू चे चो ला ली लु ले लो अ)
जीवन फल
तपाईको मेष राशि हो । तपाई लोककल्याणको इच्छुक हुनुहुन्छ । आफ्नो जन्मस्थानमा तपाई नरहनुहोला । काम, कार्य आफ्नै ढंगबाट गर्ने हुनुहुन्छ । गर्मी, प्रकृति, रक्तपित्तको विकार तपाईमा हुन्छ । प्रायः पातलो शरिर, कडा दृष्टि, उच्च विद्या, सामान्य अधिकार प्राप्त,  दाजुभाइ पिताबाट अलग रहने,न्मस्थानबाट टाढै रहने १०-१५ प्रतिशत व्यक्तिमा हुन्छ ।ञ्चल स्वभाव, कामकलामा कुशल, दुर्बल घुँडा, एकान्त बस्न रुचाउनु, सन्तानको स्वल्प सुख, गुप्ति तरिकाले कार्य गर्ने, शिर र मुखमा केही दाग, देवीदेवताको उपासनामा साधारण रुचि भएका, थोरै आहारा भएका शाकाहारी प्रिय हुनुहुन्छ । प्रयत्नले यश प्राप्ति गर्ने, सुखपूर्वक जीवन व्यतीत गर्ने, तपाईको प्रबल इच्छा रहन्छ ।छि हुने कुराको मुल्यांकन अगाडि गर्न सक्षम हुनुहुन्छ ।रिवारको कल्याण चाहने बानी तपाईमा छ । तपाईको राशि स्वामी मंगलग्रह हो । त्यसैले र्समर्थवान्, दुरदर्शी हुनुहुन्छ । तपाईको शक्ति प्रबल छ । बूढो हुँदा पनि तपाई तन्नेरी जस्तै हुनुहुन्छ । तपाईमा जनसत्ता पनि विद्यमान छ । उच, नीच जुनसुकै कामको निराकरण गर्नुहुनेछ । किरीकिसे शरिर, पुरानो रुढिबुढीको पनि इच्छा गर्ने, कडा मिजास तपाईको छ । त्यसकारण तपाईलाइ कही हानि पुर्याउन सक्छ । चञ्चल स्वभाव, लामो, ठूलो, कामको योजना बनाउन तत्पर हुनुहुन्छ । तपाईलाइ शिर, मस्तिष्क, नेत्रको आसपासको रोगले दुःख दिन सक्छ । चर्मरोग, फोडा, फुन्सी, दुख्ने, पोल्ने रोग हुन सक्दछ । शुक्रबारको दिन १-६-११-२१ तारिख परेको दिन कर्कट वृश्चिक मीन राशिको व्यक्ति भेटिए राम्रो हुँदैन अथवा कर्कट, वृश्चिक, मीन राशिको मानिसको साथ काम १-६-११-२१ तारिख र शुक्रबारका दिन काला, नीला, रंगको कपडा आदि सबै चीज तपाईलाइ हानि दुःखदायी छ । ब्राहम्णको सेवा गने र सम्बन्ध राम्रो हुनेछ । अनावश्यक गफले पिरोल्नेछ । तपाईलाइ वाहन सुख र आय मिल्नेछ । तपाईमा राम्रो मानिसलाई प्रभाव पार्ने क्षमता हुनेछ ।ुवक अवस्था पनि तपाईको बडो संघर्षले बित्नेछ । जीवन अन्त्य भागमा सुख वैभव सम्पत्तिले भरिपूर्ण हुनेछ । २५ प्रतिशत व्यक्तिमा पहिला भाग हरेक दुःख हुने पनि हुन्छ । तपाईको मुख, खुट्टा, पेट कम्मर तिर एक कालो तिलको चिन्ह वा दाग हुनुपर्छ । हमेशा कुनै ठगबाट ठगिने सम्भव भए पनि तपाई बच्न सक्नुहुनेछ । जुन कामको प्रारम्भ गर्नुहुन्छ पूरा नगरी आनन्दले बस्नुहुन्न। कोही न कोही बचत गर्ने साथी पनि तपाईको हुनेछन् । कोही धोका दिने साथी पनि पर्नेछन् तर तपाईको चलाखीले तपाई बच्न सफल हुनुहुनेछ । तपाईलाइ पूर्व तथा दक्षिण दिशा सम्बन्धित काम हमेशा लाभदायी हुनेछ । आमा, बाबु, भाइबहिनीको सुख कमी नै हुनेछ, सन्तोष हुनेछैन । चञ्चल नेत्र, तीखो दृष्टि, गम्भीर स्वभाव, धर्ममा निश्चिन्त बृद्धि, ठूलो नाम कमाउन इच्छुक तपाईप्रति स्त्रीहरु प्रभावित हुनेछन् । जीविको पार्जनका लागि तपाई सफल हुनुहुन्छ । स्मरण शक्ति तपाईम विद्यमान छ । तपाईको ग्रह मंगल हो । मंगलदेखि प्रभावित हुनुहुन्छ । केही क्षेत्रमा अलमल हुन सक्दछ । त्यसकारण श्री हनुमानजी तथा मलागौरी देवीको उपासना वा ध्यान पूजा हितकर छ ।

स्वभाव र चरित्र
मेष राशिको स्वामी मंगल ग्रह हो । अग्नि तत्व राशि हो । यो चर राशि हुनाले यस राशि हुने मानिसहरु अहंकारी, छिटो काम गर्ने, स्वतः व्यवहार गर्ने, परोपकारी, सत्य व्यवहार गर्न खालका हुन्छन् । समाजमा श्रेष्ठ असल काममा लागी पर्ने, आफ्नो उन्नतिमा चासो राख्ने, आँटेका काम अन्तिम अवस्थासम्म पनि पुरा गर्ने, यिनीहरु चञ्चल, कल्पना गरेका काममा लागी हाल्ने, समयको विचार त्यति ललिन, चाडै चिडिने, कामुक, भ्रमणशिल, खराब स्त्रीबाट कसैलाइ अपमानित पनि हुनुपर्दछ । कसैको धाक धक्कु सहन नगर्ने, आफ्नो शत्रुमाथि आक्रमण गर्ने, चमत्कारी कार्य गर्न मन पराउने, उनीहरुको जीवन प्रेम सम्बन्धमा राम्रो हुन्छ ।फू र्समर्थवान धए पनि अर्काले हेर्दा डर त्रासमा रहने जस्तो देखाउछन् । उनीहरु अमिल्दा जातकासँग त्यति लाडिदैनन् । प्रेमलाई आफ्नो र्सवस्व दिन हिच्चिचाँउदैनन् तर र्सवकाल स्थायी नहुन सक्छ । बीचमा टुंगिने सम्भावना रहन्छ । त्यसकारण एकमात्र प्रेमी भएमा स्थायी हुन्छ । यो राशिको कन्या, वृष, तुला, मकर र कुम्भ राशि वैरी हुन्छन्। अरु राशि समान छन् ।

प्रेम सम्बन्ध
प्रेमसम्बन्धले गर्दा यो राशिका मानिसहरुलाई कार्यदक्षतामा गतिशीलता दिन मद्दत गर्दछ । यिनीहरु प्रेमबिना मानसिक र शारिरिक रुपमा बिरामी जस्तै हुन्छन् । यिनीहरु सेक्सलाई जीवनको एक महत्वपूर्ण अंग भनि सम्झन्छन् ।िनीहरुमा प्रेम भावना प्रेमरुपमा विकास हुन्छ । ो राशिका पुरुषहरु स्त्रीबाट चतुरता, कोमला, सौर्न्दर्यता एवं उनीहरुको विशेषतामा ज्यादै परिचित हुन खोज्दछन् । आफ्नो प्रेमसम्बन्धबाट कतैबाट र कसैबाट आफूलाई रोकावट हुने काम भएमा ज्यान दिन पनि पछि पर्दैनन् । तर आफ्ना अनुभवहरु भने अरुलाई भन्न रुचाउछन् । सधै वास्तविकतामा राखेर प्रसन्न हुन चाहन्छन् रफूलाई सधै सक्रिय गराएर पनि राख्न मन पराउछन् । कन्या राशिसँगको प्रेम अधिक सफल र विश्लेषणात्मक किसिमको हुन्छ जसको मद्दतले आफ्नो जीवनका हरेक उद्दश्य तथा योजना सफल पार्नमा मद्दत मिल्नेछ । कर्कट र मीन राशिसँगको प्रेमले भने जीवनमा नैराश्यता बाहेक अरु केही उपलब्धी दिलाउन सक्नेछैन ।

न्य राशिसँगको सम्बन्ध र यसबाट हुने लाभहानि

 ेष राशिको मेष राशिसँग सम्बन्ध
 

ेष राशिको मेष राशिसँगको सम्बन्ध राम्रो हन्छ । सहकर्मी, स्वामीसवेक, सहमैत्री, स्त्रीपुरषको सम्बन्ध राम्रो हुन्छ । किन्तु कहिलेकाही झगडा भए पनि चाँडै शान्त भई मेल हुन्छ । सर्वत्र व्यवहार राम्रै चल्दछ । अर्काका दुःख विचार गर्ने अर्काको प्रहार नसहने, नजिक भन्दा टाढा रहनाले प्रेम रहला ।

 वृष राशि सँग

मेष राशिको वृष राशि शत्रु पर्नेछ । व्यापार सम्बन्धमा त्यति सफल छैन । मेष राशिलाई हानि पुर्याउने वृष राशिले अग्रणी भूमिका खेल्छ र पतिपत्नीको लागी निर्वाह त अवश्य हुनेछ । आर्थिक स्थिति भने कमजोर रहनेछ । मेषको अग्निरुपी रिस असहनीय भएपनि वृषले सहन शील भएमा केही राम्रो होला ।

 मिथनु राशि सँग

 िथुन राशिसँग मेष राशिको सम्बन्ध परस्पर लाभकारी छ । पतिपत्नीमा जीवन निर्वाह हुनेछ । आपसमा शारिरिक आकर्षण, प्रीति हुनेछ । सहपाठी, सहकर्मी, व्यापारको पार्टनरसँग सामान्य व्यवहार हुन्छ । आ आफ्नो सुविधा देख्नेछन् । आफ्नो र अर्काको मर्का बुझेका हुदैनन् र मेषले मिथुनको चिन्ता लिने उदासी हुने हुन्छ ।

   कर्कट राशि सँग 

 कर्कटलाई मेषले राम्रो सम्बन्ध दिनेछ । साथी दोस्ती यिनीहरुको राम्रो रहनेछ । यिनीहरु मित्र राशि पर्दछन् । मेष कडा भए पनि कर्कट शान्तिशील हुँदा त्यति दुश्मनी हुदैन तर २५ प्रतिशत व्यक्तिमा विवादको कारणबाट भिन्नता विच्छेद पनि हुन्छ । पति पत्नी, भाइबहिनीमा सम्बन्ध ठीक रहन्छ । पार्टनरसँग त्यति ठीक रहदैन । यसमा दुवैको एकनास नहुन पनि सक्नेछ । कर्कट सहनशील भएमा राम्रो प्रेम रहला ।

  सिंह राशि सँग

  यी दुइ राशिविच आन्तरिक मित्रता हुन्छ । पति पत्नी, माता पिता, पुत्रपुत्रीसँग सम्बन्ध राम्रो हुन्छ । आपसी सुरक्षा गर्ने भावना रहन्छ । यी दुइ राशिको खराब व्यवहार कहिल्यै हुनेछैन । मेष सिंहको स्त्री पुरुष सम्बन्ध र प्रेम राम्रो हुनेछ । यिनीहरु दुइ राशि बाहक व्यक्तिहरुको राम्रो व्यवहार हुनेछ । यिनीहरु आकर्ष पनि हुन्छन् ।

 कन्या राशिसँग

कन्या राशिसँग मेष राशिको सम्बन्ध ठीक हुदैन । मेषको कन्या प्रेमदायी आलोचक हुन्छन् । पति पत्नीको एक अर्का प्रति कोही समर्पित हुदैनन् । यसकारण दम्पत्ति जीवन निर्वाह गर्न सरल हुदैन । खास गरेर कारोबार, व्यापारी, साझेदारी काम निर्वाह गर्न कठीन हुनेछ । कन्यामा गृह प्रबन्ध अथवा आध्यात्मिक कार्य धनको आर्जन गर्ने क्षमता भए पनि यसको विपरीत मेष चाहिँ आडम्बरी घमण्डी गर्ने हुन्छ । अतः कन्याको लागि मेष बोझ भारी हुनेहुँदा यी दुवै राशि शुभ समानता हुदैनन् ।

  तुला राशि सँग

  ुला राशिसँग मेषको नैतिक सम्बन्ध त्यति राम्रो नहुन सक्नेछ । कारोबार निर्वाह सम्म हुनसक्छ । मेषलाई तुलाराशिले हानी पुर्याउने र तुलाप्रति मेष कठोर विचारको भए पनि सद्विचार राख्छ । कुनै अवस्थामा सक्रियाताले लाभ हुन पनि सक्दछ । विवाह, जीवनको लागि यी दुइ राशिको सम्बन्ध प्रेम राम्रै हुन्छ । व्यापारिक साझेदारमा पनि राम्रै हुने हो तर सहपाठी सहकर्मी सहचरको रुपमा राम्रो आदान प्रदान हुनेछ । तुला राशिको विचारमा मेष राशिले काम गर्दा राम्रो हुन्छ । मेषको विचारमा तुला यसको विपरीत हुन्छ ।

  वृश्चिक राशिसँग

  मेष राशिको वृश्चिक राशिसँग षटकाष्ट पर्नेछ । हुन त राशिको स्वामी एउटै इश्वर भएकाले मित्र हुन्छ । विवाह, बरबधु, राम्रो बताएको छ तापनि अन्य व्यवहारमा यस प्रकार फल छ दुवैको स्वामी मंगल हुँदा तपाइको सम्बन्ध विवाद हुन्छ । एकले अर्काको सुरक्षा गर्नेछैन । बरु अर्कामा चोट पुर्याउने छ । दुश्मनी नै हुनेछ । मेष सावधान भए पनि वृश्चिकको क्रोधको दुरी बढ्नेछ ।

  धनु राशि सँग

  धनु राशिसँग मेष राशिको आन्तरिक सम्बन्ध शुभ, राम्रो हुन्छ । स्वामी सेवकको व्यवहार व्यापार दुवैको सिद्धि हुनेछ । यस राशिको वरवधूको विवाह गरेमा प्रेम सम्बन्ध राम्रो रहन्छ । एक अर्काको दुःखसुखको विचार गर्ने, आफै समान सोच्नेछन् । यिनको नराम्रो आदत हुँदैन, मेषको लागि धनु राशि मार्गदर्शक दिने र धनुको लागि मेष संरक्षक हुन्छ । धेरै समय पनि तेरो मेरो भन्ने विवाद पर्नेछैन । दृढ सम्बन्ध हुन्छ ।

  मकर राशि सँग

  मकरसँग मेषको औपचारिक सम्बन्ध ठीक हुन्छ । राशि स्वामी शनि मंगल हुँदा जीवनभर प्रेम नहुन सक्छ । दुइको सम्बन्धमा खटपट, मतभेद हुन्छ तर यिनको उद्योगशीलता राम्रो हुन्छ । शिक्षा, प्रकाशन कार्यमा मित्रता नै रहन्छ । घरायसी कार्य अन्य सम्बन्धमा यिनको शत्रुता एक अर्काको लागि प्राणघातक समान हुनेछ । मेष राशिवालाहरु मकर राशिवाला प्रशासनभित्र बसेमात्र सम्बन्ध स्थायित्व हुन्छ नत्र कलहपूर्ण जीवन बिताउनुपर्नेछ ।

  कुम्भ राशिसँग

  मेष राशि र कुम्भ राशि आपसमा सहज आकर्षण हुनेछन् । एक अर्काका लागि लाभकारी हुन्छन् तर दुवैको मित्रतामा एकरुपता आउने छैन । वादविवाद ठाकठुक भइरहन्छ । मेष कुम्भको अधिनमा हुनुपर्छ, तबमात्र मेषलाई लाभ हुन सक्छ । मित्रता गर्दा मेषलाई लाभ तथा कुम्भलाई हानी हुनेछ । विवाह आदि कार्यमा दुइको सम्बन्ध ठीक हुँदैन । शारिरिक सम्बन्धमा तनाव एवं कलह बढ्नेछ । आर्थिक सम्बन्धमा जनधनको क्षति हुनेछ ।

  मीन राशि सँग

  मीन राशिको मेषसँग नजिकको सम्बन्ध हुनेछ । तर कहीकही विवादपूर्ण रहन्छ । सम्बन्ध कठिनले निर्वाह हुन्छ । सम्बन्ध कडा हुनेहँदा दोस्रो इखालु हुनेछन् । मीन मेषको बाहिरी मित्रता राम्रो देखिन्छ । किन्तु पारिवारिक सम्बन्धमा मीनको लागि मेष राशि बोझ हुनेछ । कर्म क्षेत्रमा सहयात्री हुनेछन् । राजनीतिक प्रसिद्ध छ भने मेषलाई प्रेरणा दिनेछ । दुवैको अलग अलग पेशा हुन आवश्यक छ । त्यस्तो भए राम्रो हुनेछ ।
———————————————-

……………………………

……………………………..

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.